Breaking News.... EverestOnlineKhabar
May 11, 2026

Loading

सप्तरी । ८ वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले सप्तरीबाट ५५ वर्षीय एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ। बोदेवर्साईन नगरपालिका–९ का ५५ वर्षीय सूर्यनारायण साहलाई प्रहरीले नियन्त्रणमा लिएको हो। साहले बालिकालाई कब्जामा लिएर तिलाठी कोइलाडी गाउँपालिका–७ स्थित स्थानीय लक्ष्मी नरसिंह माध्यमिक विद्यालयमा लगि बलात्कार प्रयास गरेको प्रहरीको आरोप छ।

तत्काल बलात्कार प्रयास असफल भएपछि फरार भएका साहलाई घटनाको भिडियोका आधारमा खोजतलास गरी नियन्त्रणमा लिइएको डिएसपी भावेश रिमालले बताए। भिडियो बनाउने व्यक्तिको विषयमा भने प्रहरीले जानकारी दिएको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.