Breaking News.... EverestOnlineKhabar
May 11, 2026

Loading

एजेन्सी।  सन् २०१७ मा राम्रो व्यापार गर्न सफल फिल्म ‘ट्‌वाइलेट– एक प्रेमकथा’ को अर्को भाग बन्ने भएको छ।  अक्षय कुमारले आफ्नो ट्विटर एकाउन्टमा एउटा भिडियो पोस्ट गर्दै ‘ट्वाइलेट–२’ निर्माणबारे घोषणा गरेका हुन्। उनले ट्विट गरेका छन्, ‘अबको समय अर्को ब्लकबस्टरको तयारीमा, मिसन ट्‌वाइलेट २। यस पटक बदलिनेछ पूरा देश।’

अक्षय कुमारले भिडियोमा भनेका छन्, ‘ट्वाइलेट त बनाइयो, तर कथा अझै पनि बाँकी छ। अब चाँडै ‘ट्‌वाइलेट’ को पार्ट २ लिएर आउँदैछु।’

उनले फिल्मबारे अन्य कुरा भने खुलाएका छैनन्।

२२ करोड लगानीमा बनेको ‘ट्वा‌इलेट’ले कुल ३ सय ११ करोड व्यापार गरेको थियो। फिल्ममा कलाकारका अक्षय कुमार र भूमि पेड्नेकर शीर्ष भूमिकामा देखिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.