Breaking News.... EverestOnlineKhabar
May 11, 2026

Loading

एजेन्सी । रसियामा जारी विश्वकप फुटबलअन्तर्गत पहिलो क्वाटरफाइनल खेलमा शुक्रबार उरुग्वे र फ्रान्सले प्रतिस्पर्धा गर्दैछन् ।
खेल रसियाको जिन्याहु नोभगोर्ड रंगशालामा नेपाली समयअनुसार ७ बजेर ४५ मिनेटमा हुनेछ ।

प्रिक्वाटरफाइनल खेलमा उरुग्वेले पोर्चुगललाई २—१ गोलले पराजित गरेको थियो । उरुग्वे यतिबेला निजन्याहू नोभगोर्डा रंगशालामा क्वाटरफाइनलको तयारीमा रहेको छ । निज्न्याहु नोभगोर्ड रंगशालाको टे«निङ सेसनमा रहेको उरुग्वेका फरवार्ड लुइस स्वारेजले सञ्चारकर्मीसँगको कुराकानीमा फ्रान्ससँगको खेलमा युवा खेलाडी किलियन एमबाम्पेलाई उरुग्वेको डिफेन्सले रोक्ने बताएका छन् ।

‘सबैलाई थाहा छ उनी (एमबाम्पे) राम्रो खेलाडी हुन्, तर, हामीसँग उनलाई रोक्ने राम्रो डिफेन्स टिम छ,’ उनले भने ।
फ्रान्सले अर्जेन्टिनालाई ४—३ गोलले पराजित गर्दा १९ वर्षीय एमबाम्पेले २ निर्णायक गोल गरेका थिए । उक्त खेलमा उत्कृट प्रदर्शन गरेपछि अहिले उनको चर्चा भइरहेको छ ।

त्यस्तै, उरुग्वेका फरवार्ड लुइस स्वारेजले पनि रसिया विश्वकपमा ३ गोल गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.