Breaking News.... EverestOnlineKhabar
May 11, 2026

म्याराडोना बिना पारिश्रमिक अर्जेन्टिनाको प्रशिक्षक बन्न तयार

Loading

एजेन्सी ।अर्जेन्टिनाका पूर्व फुटबल खेलाडी म्यारोडोनाले आफनो देशको टिमका लागि बिना पारिश्रमिक प्रशिक्षक बन्न तयार भएको बताएका छन । बिश्वकप फुटबलमा खराब प्रदर्शन गरेपछि टिमको अवस्था सुधार्न आफू बिना पारिश्रमिक काम गर्न तयार रहेको उनले बताए ।

एक टेलिभिजनसंगको कुराकानीमा निकै भावुक हुँदै म्यारोडोनाले आफनो प्रशिक्षणमा टिमलाई पुरानै शक्तिशाली अवस्थामा फर्काउन सक्दो प्रयास गर्ने बताए । म्याराडोनाले टोलीको अहिलेको अवस्था देखेर आफूलाई पीडा भएको प्रतिक्रिया दिए ।

बिश्वकपबाट अर्जेन्टिना बाहिरिएपछि प्रशिक्षक साम्पोली अहिले दबाबमा रहेको अन्तर्राष्ट्रिय मिडियाले उल्लेख गरेका छन् । म्याराडोनाको यो प्रतिक्रियापछि उनलाई थप दबाब बढेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.