Breaking News.... EverestOnlineKhabar
May 11, 2026

संसदमा गृहमन्त्रीको विवादास्पद अभिव्यक्ति, अनसनरत डा. केसी र गंगामायाको चर्को आलोचना

Loading

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले जुम्लामा अनसनरत डा. गोविन्द केसी अधिनायकवादी भएको आरोप लगाएका छन । संसदलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले अनसनका भरमा स्वास्थ्य नीति बनाउन खोज्नु अधिनायकवादी शैली भएको भन्दै केसीको आलोचना गरे ।

गृहमन्त्री थापाले केसीलाई गिरफ्तार नगरिएको र विरोध गर्न रोक नलगाएको स्पष्ट पार्दै भने, ‘लोकतन्त्रका नाममा जहाँ पनि विरोध प्रदर्शन गर्न र अनसन बस्न पाइदैन । ’

गृहमन्त्री थापाले अतिशंवेदनशील ठाउँहरु अस्पतालमा अनसन बस्न नमिल्ने बताए । उनले भने, तपाई अन्त गएर बस्न सक्नु हुन्न ?’
जनताले विद्रोह र प्रतिगामीहरुले प्रतिविद्रोह गर्ने भन्दै उनले डा. केसीलाई विद्रोह गरेको हो भनेर प्रश्न गरे । विद्रोह भए सरकारले सम्मान गर्ने तर, प्रतिविद्रोह भए कानुन विपरीत हुने उनले चेतावनी दिए ।

डा. केसीको मागबारे सरकारको कुनै अडान वा विमति नभएको तर, कस्तो स्वास्थ्य नीति बनाउने भन्ने अधिकार संसदको भएको उनले बताए ।
समस्याको समाधान सदनबाट गर्नुपर्ने भन्दै उनले भने, ‘अब विधेयक आउँदैछ, कस्तो स्वास्थ्य नीति भन्ने सदनले फैसला गर्ने हो । सडकमा कुनै विषयको समाधान हुन सक्दैन । यो लोकतान्त्रिक होइन, अधिनायकवादी तरिका हो ।’

सरकारले छिट्टै विधेयक ल्याउनुपर्ने डा. केसीले अनसन बस्न हतारो गरेको बताए । उनले भने, ‘अहिले पनि केही बिग्रिएको छैन । यसलाई अधिनायकवादी होइन, लोकतान्त्रिक तरिकाले हल गरौं । अल्पमतले होइन, बहुमतले निर्णय गरौं ।’

कोही पनि कानुन माथि हुन नसक्ने र कानुनमाथि हुन खोज्ने नै तानाशाह भएको बताए । गृहमन्त्री थापाले छोराको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै आमरण अनशनमा बसेकी गंगामायाको अनशन देशलाई पुरानै अवस्थामा फर्काउने खेल त होइन भनी प्रश्न गरे ।

गंगामायाको विषयलाई अतिरञ्जित गरेर राजनीतिक अस्थिरता पैदा गर्न खोजिएको उनको आरोप थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.