![]()
काठमाडौं । नेपाली कांग्रेसले सरकारले निषेधाज्ञा जारी गरेको माइतीघर मण्डलबाट सरकारबिरुद्ध आन्दोलनको शंखघोष गरेको छ । कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलको नेतृत्वमा सरकारको कदम अधिनायकवादी भएको भन्दै प्रदर्शन गरिएको हो ।
कांग्रेसले माइतीघर मण्डला क्षेत्रमा विरोध प्रर्दशन गर्न नपाइने सरकारको निर्णयको चर्को आलाृेचना गरेको छ । प्रदर्शनको क्रममा प्रहरीसँग धकेलाधकेल भएको थियो । धकेलाधकेलका क्रममा नेविसंघका कार्यकर्ता दोलखाका अर्बत खड्का घाइते भएका छन् । उनको वीर अस्पतालमा उपचार भइरहेको छ ।
प्रदर्शनकारीले ‘निषेधित क्षेत्र खारेज गर’, ‘गोविन्द केसी र गंगामाया अधिकारी’को माग पूरा गर लगायतका नारा लगाएका थिए ।


