![]()
काठमाडौं। रसियामा जारी विश्वकप फुटबलमा सट्टेबाजी लगाउने तीन जना काठमाडौंमा पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंले बालाजुका प्रकट महर्जन, रामघाटका रेजिन महर्जन र चागलका सजेन शाहीलाई पक्राउ गरेको हो।
पैसाको लेनदेन गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुबाट प्रहरीले ६ लाख ९९ हजार रुपैयाँ बरामद गरेको छ।
गत महिना काठमाडौं पसिसरले सट्टेबाजीको आरोपमा खेलाडी अन्जन केसीसहित ६ जनालाई पक्राउ गरेको थियो। उनीहरु दबाबका कारण एक सातामै छुटेका थिए।
विश्वकप चलिरहँदा काठमाडौंमा दैनिक करोडौंको हारजित हुने गरेको छ। टोल टोलमा एजेन्टहरु राखेर सट्टेबाज गिरोहले सट्टेबाजी लगाउँदै आएका छन्।


