Breaking News.... EverestOnlineKhabar
June 26, 2026

Loading

काठमाडौं।  रसियामा जारी विश्वकप फुटबलमा सट्टेबाजी लगाउने तीन जना काठमाडौंमा पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंले बालाजुका प्रकट महर्जन, रामघाटका रेजिन महर्जन र चागलका सजेन शाहीलाई पक्राउ गरेको हो।

 पैसाको लेनदेन गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुबाट प्रहरीले ६ लाख ९९ हजार रुपैयाँ बरामद गरेको छ।

गत महिना काठमाडौं पसिसरले सट्टेबाजीको आरोपमा खेलाडी अन्जन केसीसहित ६ जनालाई पक्राउ गरेको थियो। उनीहरु दबाबका कारण एक सातामै छुटेका थिए।

विश्वकप चलिरहँदा काठमाडौंमा दैनिक करोडौंको हारजित हुने गरेको छ। टोल टोलमा एजेन्टहरु राखेर सट्टेबाज गिरोहले सट्टेबाजी लगाउँदै आएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.