Breaking News.... EverestOnlineKhabar
June 26, 2026

भ्रष्टाचार आरोपमा मलेसियाका पूर्व प्रधानमन्त्री नजिब पक्राउ

Loading

बीबीसी ।मलेसियाका पूर्व प्रधानमन्त्री दातुक सेरी नजिब तुक रजाक पक्राउ परेका छन्। भ्रष्टाचार सम्बन्धि मुद्दामा उनी पक्राउ परेका हुन्। मलेसिया एन्टि–करप्सन कमिसन(एमएसिसी)ले उनलाई निवासबाटै पक्राउ गरेको हो। उनीविरुद्ध बुधबार अभियोजन हुने एमएसिसी)ले जनाएको छ।

मलेसियामा नयाँ सरकार बनेपछि यसअघिको भ्रष्टाचारको छानबिन भइरहेको छ।  सरकारले चलाएको वान मलेसियन डेभलपमेन्ट बेरहाद(वानएमडीबी) नामक कम्पनीबाट करिब ७० लाख अमेरिकन डलर हिनामिनाको आरोपमा उनीमाथि छानबिन सुरु भएको हो।

सो प्रकरणको छानबिनको क्रममा नजाक आबद्ध कार्यालयहरुमा छापा हानी मलेसियन प्रहरीले केही महत्वपूर्ण धनमालहरु बरामद गरेको थियो। मलेसियन सरकारले नजाकमाथि अनुसन्धानकै लागि उनलाई विदेश जान रोकिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.