Breaking News.... EverestOnlineKhabar
May 11, 2026

दुर्इ लाख ७० हजार सिरियाली विस्थापित : संयुक्त राष्ट्रसंघ

Loading

बीबीसी । विद्रोही नियन्त्रित सिरियाको दक्षिण–पश्चिम क्षेत्रमा सरकारले दुई साताअघि सुरु गरेको हमलाका कारण कम्तीमा दुई लाख ७० हजार मानिसले आफ्नो घरबार छोडेको संयुक्त राष्ट्रसंघले जनाएको छ।

सिरियाको डेर्रा र कुइनित्रा प्रान्तमा जारी सरकार र विद्रोहीबीचको लडाइँका कारण विस्थापितहरु जोर्डनसँगको सीमा क्षेत्र र इजरायलले कब्जा गरेको गोलान हाइटतर्फ गएको राष्ट्रसंघलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । यद्यपी जोर्डन र इजरायल दुवैले त्यसरी विस्थापित सिरियाली शरणार्थीलाई आफ्नो देशमा प्रवेग गर्न दिनेबार केही बताएका छैनन् जसका कारण मानवीय संकट उत्पन्न हुनसक्ने राष्ट्रसंघले चेतावनी दिएको छ ।

आइतबार मात्रै पनि सिरियाको बोस्रा अल–साम सहरको प्रमुख विद्रोही समूहले आफ्नो हतियार बिसाउने र राष्ट्रपति बसर अल–असदको शासनलाई स्वीकार्नेबारे सहमति व्यक्त गरेको समाचार बाहिरिएको थियो । सरकार र विद्रोहीबीचको बढ्दो लडाइँका कारण एक सय ३० जनाभन्दा बढि सर्वसाधारण नागरिकको मृत्यु भइसकेको छ।

विद्रोहीलाई समर्थन गरिरहेको अमेरिका र जोर्डन तथा सरकारलाई समर्थन गरिरहेको रुसको मध्यस्ततामा डेर्रा र कुइनेत्रामा लडाइँ कम गर्नेबारे सम्झौता भएपछि एक वर्षदेखि सो क्षेत्र केही हदसम्म शान्त रहेको थियो । तर अप्रिल महिनामा राजधानी दमास्कस बाहिर रहेको पूर्वी गुटा क्षेत्रका विद्रोहीलाई पूर्ण रूपमा परास्त गरी उक्त क्षेत्रलाई आफ्नो नियन्त्रणमा ल्याएपछि राष्ट्रपति बसर अल–असदले डेर्रा र कुइनेत्रा क्षेत्रमा पनि त्यस्तै चाहना व्यक्त गर्दै दुई साताअघि विद्रोहीविरुद्ध हमला सुरु गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.