![]()
एजेन्सी । रुस विश्वकप २०१८ को समूह बी मा उपविजेता बनेको इङ्ल्यान्डले मंगलबार राती क्वार्टरफाइनलका लागि कोलम्बियासँग प्रतिस्पर्धा गर्दैछ । ह्यारी केन, जिसे लिङ्गार्ड तथा डेली अलीजस्ता खेलाडीको प्रदर्शनले इङ्ल्यान्डको पुनरागमनको मार्ग तय गर्नेछ।
पछिल्ला भेटमा कोलम्बियाले इङ्ल्यान्डलाई पराजित गर्न सकेको छैन। पछिल्लो पटक फ्रान्समा सम्पन्न १९९८ को विश्वकपमा पनि इङ्ल्यान्ड २–० ले विजयी भएको थियो।
समूह चरणमा कोलम्बियाले प्रदर्शन दुई जित र एक हार व्योहोरेको हो। पहिलो खेलमा जापानसँग २–१ ले पराजित भएको जोसे पेकरम्यानको कोलम्बियाले दोस्रो खेलमा पोल्यान्डलाई ३–० तथा अन्तिम खेलमा अफ्रिकी टोली सेनेगललाई १–० ले हराउँदै समूह ‘एच’ को शीर्ष स्थानमा रहेर अन्तिम १६ को यात्रा तय गरेको हो। कोलम्बियाको आक्रमण पंक्तिमा राडामेल फाल्काओ र हामेस रोडरिग्वेजजस्ता खेलाडी छन्।
ब्राजिलमा सम्पन्न २०१४ को विश्वकपमा क्वार्टरफाइनलसम्मको यात्रा तय गरेको कोलम्बिया त्यही नतिजालाई दोहो-याउँदै लगातार दोस्रो पटक अन्तिम ८ मा पुग्ने लक्ष्यमा छ।


