Breaking News.... EverestOnlineKhabar
June 26, 2026

मुलुकमा रातो झण्डा ओढेर सवै अपराध माफ हुने अराजकता : पौडेल

Loading

काठमाडौं ।  नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वीर अस्पतालमा आमरण अनशनरत गोरखा फुजेलकी गंगामाया अधिकारीलाई भेटेका छन्। अधिकारी जेठ १५ गतेबाट छोराको हत्यामा संलग्नमाथि कारवाहीको माग गर्दै आमरण अनशनमा बसेकी छन्।

अदालतको फैसला कार्यान्वयन गरेर छोराका हत्यारालाई कारवाही गराउन आमरण अनशनमा बस्दा पनि सरकारले कुनै वास्ता नगर्नु बिडम्बना भएको कांग्रेस वरिष्ठ नेता पौडेलको भनाई थियो। उनले युद्धकालमा भएको घटना र व्यक्तीगत रिसिइवीलाई छानविन गर्न नस्क्दा रातो झण्डा ओढेर सवै अपराध माफ हुने अराजकता बढेको बताए।

उनले अपराधीले माओवादीसंग टाँसिएर आफ्नो अपराध माफ पाउने अवस्थाले समाजमा मानवीयता गुमाउँदै गएको टिप्पणी गरे।

‘रातो झण्डा ओढेपछि सवै खत माफ हुने प्रचलनको अन्त्य हुनुपर्छ। छोराको हत्यालाई कारवाहीका लागि अनसन बस्नुपर्ने अवस्था आउनु विडम्बना हो। गंगामायाको मागलाई अब सरकारले नसुने जनस्तरमा लैजानुपर्छ’, पौडेलले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.