Breaking News.... EverestOnlineKhabar
May 11, 2026

Loading

एजेन्सी । विश्वकप फुटबलअन्तर्गत प्रिक्वाटरफाइनलमा आइतबार राती आयोजक राष्ट्र रसिया र स्पेनबीच प्रतिस्पर्धा हुँदैछ । रसियालाई पहिलोपटक विश्वकपमा इतिहास रच्ने मौका मिलेको छ ।  स्पेन रसियाभन्दा बलियो टिम हो । तर, स्पेनलाई त्यति सजिलो भने छैन ।

विश्वचर्चित खेलाडीले भरिभराउ भएको टिम हो स्पेन । सर्जियो रामोस, डिएगो कोष्टा, आन्ड्रेस इनिएस्टा, डेभिड सिल्भा, जेरार्ड पिके, इस्को जस्ता स्टार खेलाडी स्पेनमा रहेका छन् । यता, रसियामा भने कुनै चर्चित खेलाडी छैन ।

आयोजक रसियाले साउदी अरबलाई ५–० गोलअन्तरले पराजित गर्दै आफ्नो उपस्थिति दमदार गरेको थियो । दोस्रो खेलमा इजिप्टमाथि रसियाले ३–१ गोलअन्तरले विजयी भएको थियो । तर, आफ्नो समूह चरणको अन्तिम खेलमा भने उरुग्वेसँग ३–० गोलअन्तरले पराजित भएको थियो । समूह ए को उपविजेता बन्दै प्रिक्वाटरफाइनलमा प्रवेश गरेको रसियाले स्पेनसँग खेल्न लागेको यो सबैभन्दा ठूलो  खेल हो ।

यता, स्पेन भने समूह बि को विजेता टिम हो । पहिलो खेलमा पोर्चुगलसँग ३–३ गोलको बराबरी खेलेको स्पेनले दोस्रो खेलमा भने इरानलाई १–० गोलको कठिन जित हात पारेको थियो । त्यस्तै, समूह चरणको अन्तिम खेलमा मोरक्कोसँग २–२ गोलको बराबरी खेलेको थियो । हार नजिक रहेको अवस्थाबाट मोरक्कोविरुद्ध अन्तिम समयमा गोल गर्दै स्पेनले बराबरी खेलेको थियो ।

स्पेन र रसिया अहिलेसम्म ६ पटक भेट भएको छ । स्पेनले ३ पटक जितेको छ भने ३ खेलमा दुबै टिमले बराबरी खेलेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.