![]()
एजेन्सी । बलिउड नायिका आलिया भट्टले नायक संजय दत्तको जीवनमा आधारित फिल्म ‘संजु’ मा रणबीर कपुरको अभिनयको तारिफ गरेकी छिन् । आलियाले संजु एक उत्कृष्ट फिल्म भएको र यसमा सबैले उत्कृष्ट काम गरेको बताएकी छिन् ।
उनले भनेकी छिन्, ‘संजु निकै राम्रो फिल्म हो र यो फिल्ममा सबैले उत्कृष्ट काम गरेका छन् । रणबीरले फिल्ममा शानदार अभिनय गरेका छन् । म राजकुमार हिरानीको निकै ठूलो प्रशंसक हुँ र उनको फिल्म हेर्नका लागि आतुर छु । संजु पैसा वसुल छ ।’
यस्तै, रणबीरका बुवा ऋषि कपुरले ट्वीटरमा रणबीरलाई विवाह कहिले गर्ने भनेर प्रश्न सोधेका छन् । बलिउडमा आजकाल रणबीर–आलियाको केमेस्ट्रि धेरै देखिएको छ र उनीहरुलाई थुप्रै पटक सँगै भेटिएका पनि छन ।
हालै रणबीर–आलियाका निकै नजिकका एक व्यक्तिले भनेका थिए, ‘आलिया अहिले आफ्नो करियरको निकै राम्रो अवस्थामा छिन् । उनी रणबीरलाई निकै माया गर्छिन् र दुबै एक अर्काप्रति निकै सिरियस छन् । उनीहरुले एकअर्कासँग पक्कै विवाह गर्छन् तर सन् २०२० भन्दा अघि यसको कुनै आशा छैन ।’


