Breaking News.... EverestOnlineKhabar
May 11, 2026

क्रोयसिया र डेनमार्कको भिडन्त प्रतिष्पर्धात्मक हुने

Loading

एजेन्सी । विश्वकप फुटबलअन्तर्गत प्रिक्वाटरफाइनल खेलमा आइतबार राती क्रोएसियाले डेनमार्कसँग प्रतिस्पर्धा गर्दैछ । समूह चरणमा अपत्यारिलो नतिजा निकालेको क्रोएसिया डेनमार्कविरुद्धको खेलमा पनि त्यस्तै नतिजा निकाल्ने लक्ष्यमा छ ।  दुबै टिम शतप्रतिशत जित हात पार्दै क्वाटरफाइनलमा पुग्ने लक्ष्यमा रहेका छन् ।

क्रोएसिया पछिल्लो समयमा लयमा रहेको टिम हो । विश्वकपको समूह चरणमा सबै खेलमा शतप्रतिशत जित हात पार्दै क्रोएसिया नकआउट चरणमा प्रवेश गरेको थियो । समूह चरणको पहिलो खेलमा क्रोएसियाले नाइजेरियालाई २–० गोलले पराजित गरेको थियो ।

त्यस्तै, आफ्नो दोस्रो खेलमा बलियो मानिएको अर्जेन्टिनामाथि ३–० गोलको अपत्यारिलो नतिजा निकाल्दै एक खेल खेल्नुअघि नै क्रोएसिया नकआउट चरणमा प्रवेश गरेको थियो । समूह चणको अन्तिम खेलमा आइसल्यान्डलाई २–१ गोलअन्तरले पराजित गर्दै समूह डी को विजेता क्रोएसिया भएको थियो ।

यता, डेनमार्क भने समूह सि को उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको टिम हो । डेनमार्कले समूह चरणका खेलमा १ खेलमा जित र २ खेलमा बराबरी खेलेको थियो । पहिलो खेलमा पेरुलाई १–० गोलअन्तरले पराजित गरेको डेनमार्कले दोस्रो खेलमा अष्ट्रेलियासँग १–१ गोलको बराबरी खेलेको थियो । अन्तिम खेलमा फ्रान्ससँग गोलरहित बराबरी खेलेसँगै डेनमार्क विश्वकपको नकआउट चरणमा पुगेको हो ।

डेनमार्क र क्रोएसियाबीच अहिलेसम्म ५ वटा खेलमा प्रतिस्पर्धा भएको छ । जुन खेलमा डेनमार्कले २ खेलमा जित्दा समान २ खेलमा नै क्रोएसियाले जितेको छ भने १ खेलमा दुबै टिमले बराबरी खेलेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.