Breaking News.... EverestOnlineKhabar
October 3, 2026

विजय माल्याले २ वर्षअगाडि प्रधानमन्त्री मोदीलाई लेखेको चिठी सार्वजनिक,के थियो चिठीमा…?

Loading

नयाँदिल्ली,असार ।
विभिन्न बैंकहरुबाट ऋण लिएर देशबाट फरार भएका भारतीय व्यवसायी विजय माल्याले प्रधानमन्त्री नरेन्द्र मोदीलाई सम्पूर्ण गल्तीको जिम्मा लिने बचन दिँदै २ वर्षअघि लेखेको पाँच पेज लामो चिठी मंगलबार सार्वजानिक गरेका छन् । किङफिसर एयरलाइन्सका मालिक माल्यामाथि भारतका १७ बैंकहहरुको समूहले ९ हजार करोड भारतीय रुपैँया तिर्न बाँकी रहेको खुलासा गरेलगत्तै २०१६ मा उनी भारत छाडेर बेलायत बस्न गएका थिए ।
त्यसैबेला बैंकहरुले सर्वोच्च आदलतमा उजुरी दिइ माल्यालाई देश छाड्नबाट रोक्ने प्रयास गरेपनि अनुसन्धान अगाडि नै बेलायत फरार भइसकेको खबर आएको थियो । यसरी आफूलाई छोराछोरीसँगै बस्न मन भएको भन्दै कानूनी प्रक्रिया चलिरहेकै बेला उनले अचानक देश छाडेपछि लामो समयसम्म उनी विवादित बनेका हुन् । बैंकका साथै कर विभाग र केन्द्रीय अनुसन्धान विभागले पनि माल्यामाथि थुप्रैपटक मनी लन्ड्रिङ र ठगीको आरोप लगाइसकेका छन् ।
तर उनको एयरलाइन्समाथि रहेको ९००० करोड कर्जा बराबरको रकम अवैध रुपमा बेलायत पुर्याइएको पत्ता लागेपछि पछिल्लो वर्ष मात्र उनलाई बेलायतबाट गिरफ्तार गरिएको थियो । मंगलबारको चिठीमा भने उनले किङफिसरका सबै कर्मचारीलाई दिन बाँकी तलब र बैंकहरुको ऋण समेत चुकाएर अपराध मुक्त हुने वाचा गरेको बताइएको छ । उनका अनुसार प्रधानमन्त्री मोदी र अर्थ मन्त्री अरुण जेट्लीलाई उनले सो पत्र सन् २०१६ मै लेखेका थिए । तर त्यतिबेला दुवै नेताहरुबाट कुनै प्रतिक्रिया नआएको र उल्टै आफूलाई धोकेबाजको ‘पोस्टर बोइ’ का रुपमा प्रस्तुत गरिएको उनको गुनासो छ । त्यसैले आफूले सबै कार्य सही दिशातर्फ लैजाने उद्देश्यका साथ पत्रबारे जानकारी सार्वजानिक गराएको उनले बताएका हुन् ।
माल्याका अनुसार उनलाई किङफिसरका मिहिनेती कर्मचारीलाई बेतलब काम गराउनुपर्दा सबैभन्दा नराम्रो महसुस भएको हो । यसकारण अहिले कर्नाटकको उच्च अदालतमा डिपोजिट गरेको १,२८० करोड रुपैँयाबाट प्राप्त हुने ब्याजले सबैको कर्जा तिर्ने प्रयास गर्ने उनले बताएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed