Breaking News.... EverestOnlineKhabar
August 16, 2026

विश्वकप फुटबलःआज पनि चार खेल हुँदै, ब्राजिल र जर्मनी तिव्रदबाबमा

Loading

एजेन्सी,असार ।
रुसमा जारी विश्वकप फुटबलमा आज पनि चार खेल हुँदैछन् । आज समूह ‘ई’ र ‘एफ’ का अन्तिम चरणका लिग खेल हुन लागेका हुन् । समूह एफ मा मेक्सिको, जर्मनी र स्विडेन अर्को चरणमा उक्लिने होडमा रहेका छन् । आज बेलुकी पौने ८ बजे हुने खेलमा जर्मनी र दक्षिण कोरिया तथा मेक्सिको र स्विडेन भिड्नेछन् ।
दुई खेलबाट ६ अंक जोडेको मेक्सिकोलाई स्विडेन विरुद्धको खेल बराबरी गरे पुग्नेछ । उता ३ अंक जोडेको स्विडेनलाई भने यो खेल जित्नैपर्ने दबाब छ । समूहमा एक जित र एक हारका साथ ३ अंक जोडेको जर्मनीलाई पनि आजको खेल जित्नुपर्ने दबाब छ ।
दक्षिण कोरियासँग बराबरीमा रोकिएको अवस्थामा भने जर्मनीलाई राउण्ड अफ सिक्सटिनमा पुग्न अर्को खेलमा स्विडेन हार्नै पर्ने हुन्छ ।
विश्वकप फुटबलको समुह ई मा आज ब्राजिल र सर्विया तथा स्विट्जरल्यान्ड र कोष्टारिका भिड्नेछन् । यो समुहमा ब्राजिल र स्विटजरल्याण्डको ४–४ अंक छ भने सर्वियाको ३ अंक छ ।
अर्को चरणमा उक्लिन ब्राजिललाई यो खेल कम्तिमा बराबरी गर्नु पर्नेछ भने सर्वियालाई जित्नैपर्ने दबाब छ । उता स्विट्जरल्यान्डले पनि कोष्टारिका विरुद्धको खेल बराबरी गरेको खण्डमा ऊ राउन्ड अफ सिक्सटिनमा छनौट हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.