Breaking News.... EverestOnlineKhabar
June 28, 2026

८० किलोको गाउन लगाएर अर्वाडमा पुगेकी उर्वसीमा सबैको नजर (भिडियोसहित)

Loading

एजेन्सी । थाईल्याण्डमा चलिरहेको आईफा अर्वाडमा बलिउड अभिनेत्री उर्वशी रौतेलाले निकै भारी ड्रेस पहिरिएर चर्चामा आएकी छिन । आईफा अर्वाडको समयमा बलिउडका चर्चित हस्तिहरुले रातो कार्पेटमा आफनो सुन्दरता प्रर्दशन गरेक थिए जहाँ अभिनेत्री उर्वशी रोतेला पनि आफ्नो सुनौलो रंगको गाउनमा उपस्थित थिईन ।

जव उर्वशीले कार्यक्रक स्थलमा प्रवेश गरिन उनलाई सजिलोगरि हिड्न गाह्रो भइरहेको आभास भैरहेको थियो । उनी असजिलो भएर हिड्नुको कारण अरुकेहि नभएर उनले लगाएको ८० किलोको गाउनलाई नै कारण  मानिएको छ । जसमा उनी निकै सुन्दर देखिएकी छन ।

उर्र्वशीले आफ्नो एक भिडीयो सार्वजनिक गर्दे भनेकी छन् ‘म त्यो गाउन लगाएर हिडिरेको बेला बेहोस् हुँला झै भएको थिए तर त्यसो भएन ।’

यस पटकको आईफामा उर्वशी पहिलो दिनदेिख नै उनको सुन्दरतालाई लिएर चर्चामा थिईन् । उर्वशी पछिल्लो प्रर्दशनमा आएको फिल्म ‘हेट स्टोरी–४’मा देखीएकी थिइन् जसमा उनले निकै बोल्ड सिन दिए पनि उक्त फिल्मले खासै दर्शकलाई फिल्महलसम्म तान्न भने सकेन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.