![]()
एजेन्सी,असार ।
इराकले कथित चरमपन्थी संगठन इस्लामिक स्टेट (आईएस) का ४५ लडाकुहरु मारेको दावी गरेको छ । इराकका अनुसार पूर्वी सीरियामा गरिएको हवाई आक्राण्ममा आईएसका केही ठूला नेताहरु पनि मारिएको दावी गरिएको छ ।
चरमपन्थी समूहको नियन्त्रणमा रहेका भनिएका सिरीयाका केही स्थान मध्येको एक फरात घाटीमा पर्ने ग्रामिण क्षेत्र हजीनका तीन वटा घरहरुलाई लक्षित गरेर आक्रमण गरिएको बताइएको छ । इराकले उक्त आक्रमणमा आईएसका‘उप युद्ध मन्त्री’, एक मिडिया प्रमुख, पुलिस प्रमुख र संगठनका नेता अबु बकर अल–बगदादीका निजी सन्देशवाहकसहित ४५ जना मारिएको दावी गरेको छ ।


