Breaking News.... EverestOnlineKhabar
August 16, 2026

टर्कीको राष्ट्रपतिमा एर्दोगान विजयी

Loading

एजेन्सी,असार ।
टर्कीको राष्ट्रपतिमा रजेप तैयप एर्दोगान विजयी भएका छन् । आफ्ना निकटतम प्रतिद्धन्दी मुहर्रेम इञ्जालाई पराजित गर्दै एर्दोगान दोस्रो कार्यकालका लागि विजयी भएका हुन् । चुनावी नतिजापछि बोल्दै एर्दोगानले टर्कीले विश्वलाई नै लोकतन्त्रको पाठ सिकाएको जिकिर गरे ।
आधाभन्दा कम मत ल्याएको अवस्थामा पुनः अर्को चरणमा चुनाव हुने परिपाटी टर्कीमा छ ।

तर एर्दोगान पहिलो चरणमै आधाभन्दा बढी मत ल्याएर विजयी भएका छन् । टर्कीको नयाँ संविधानले राष्ट्रपतिलाई धेरै अधिकारसहित शक्तिशाली बनाएको छ । राष्ट्रनिर्माता आटाटर्कपछि सबैभन्दा शक्तिशाली नेता एर्दोगान बनेका छन् ।
यद्यपि, यसको औपचारिक घोषणा भने भएको छैन । शुक्रबार यसको परिणाम सार्वजनिक गर्ने तयारी त्यहाँको निर्वाचन आयोगले गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.