![]()
एजेन्सी,असार ।
रसियामा जारी विश्वकप फुटबलअन्तर्गत समूह‘एच’ को खेलमा कोलम्बियासँग ३–० गोलले पराजित भएसँगै पोल्यान्ड विश्वकप फुटबलको समूह चरणबाटै बाहिरिएको छ । पोल्यान्ड लगातार दुई खेलमा पराजित भएसँगै विश्वकप फुटबलको समूह चरणदेखि नै बाहिरिएको हो । खेलको ४० औं मिनेटमा यरी मिनाले गोल गर्दै कोलम्बियालाई अग्रता दिलाएका थिए । १–० गोलले पहिलो हाफसम्म पछि रहेको पोल्यान्डले दोस्रो हाफमा भने थप २ गोल खान पुग्यो ।
खेलको ७० औं मिनेटमा राडमेल फल्काओले गोल गर्दै कोलम्बियालाई २–० गोलको अग्रतामा पुर्याएका थिए । खेलको ७५ औं मिनेटमा जुआन चुआड्राडोले गोल गर्दै पोल्यान्डमाथि कोलम्बियालाई ३–० गोलको जित दिलाएका हुन् । पोल्यान्डमाथि शानदार जित हात पारेको कोलम्बियाको भने नकआउट चरणमा पुग्ने सम्भावना कायमै रहको छ । यता, पराजित पोल्यान्ड भने विश्वकपबाट बाहिरिएको छ ।
अब यो समूह एच बाट कोलम्बिया, जापान र सेनेगलमध्ये २ टिम विश्वकपको नकआउट चरणमा प्रवेश गर्नेछन् ।


