![]()
बीबीसी । भूमध्यसागरीय बाटो हुँदै यूरोप जाने क्रममा लिबियाली सामुद्रिक क्षेत्रमा भएको डुङ्गा दुर्घटनामा परी कम्तीमा ५ जनाको मृत्यु भएको र कम्तीमा २ सय जनालाई सकुशल उद्धार गरिएको लिवियाली नौसेनाले जनाएको छ।
उद्धार गरिएकामध्ये ३ बालबालिका र ९ जना महिला रहेका छन्। त्रिपोलीबाट करिब २५ किलोमिटरको दूरीमा रहेको गराबुलीमा डुङ्गा दुर्घटना भएको हो। मृतक सुडान, नाइजेरिया, चाड, र इजिप्टका नागरिक रहेको लिवियाली नौसेनाका प्रवक्ता आयोव कासेमले बताए।
करिब ९ सय आप्रबासीलाई मौसममा आएको परिवर्तनका कारण असुरक्षित देखिएको सामुद्रिक बाटो भएर अघि जान रोकिएको वा उद्धार गरिएको उनले जानकारी दिए।


