Breaking News.... EverestOnlineKhabar
August 15, 2026

Loading

बीबीसी । भूमध्यसागरीय बाटो हुँदै यूरोप जाने क्रममा लिबियाली सामुद्रिक क्षेत्रमा  भएको डुङ्गा दुर्घटनामा परी कम्तीमा ५ जनाको मृत्यु भएको र कम्तीमा २ सय जनालाई सकुशल उद्धार गरिएको लिवियाली नौसेनाले  जनाएको छ।

उद्धार गरिएकामध्ये ३ बालबालिका र ९ जना महिला रहेका छन्। त्रिपोलीबाट करिब २५ किलोमिटरको दूरीमा रहेको गराबुलीमा डुङ्गा दुर्घटना भएको हो।  मृतक सुडान, नाइजेरिया, चाड, र इजिप्टका नागरिक रहेको लिवियाली नौसेनाका प्रवक्ता आयोव कासेमले बताए।

करिब ९ सय आप्रबासीलाई मौसममा आएको परिवर्तनका कारण असुरक्षित देखिएको सामुद्रिक बाटो भएर अघि जान रोकिएको वा उद्धार गरिएको उनले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed