![]()
काठमाडौं । अन्तराष्ट्रिय गिरोहसँग मिलेर नेपालमा सट्टेबाजाको धन्दा चलाउने गिरोहका नाइके अमृत भन्ने नथमल अग्रवाल(नागराज)लाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाले उनलाई पक्राउ गरेको हो।
उनले गत महिना सम्पन्न इन्डियन प्रिमियर लिग(आइपिएल)मा सट्टेबाजका काम गर्ने भन्दै २ करोड ४० लाख रुपैयाँ लिएर ठगी गरेको उजुरी परेपछि पक्राउ गरिएको अपराध महाशाखाले जनाएको छ । आइपिएलको क्रिकेटमा तीन महिनामा तेब्बर फाइदा हुने र हारे पनि पैसा फिर्ता हुने भन्दै पैसा उठाइ ठगी गरेका हुन्।
उनी अन्तराष्ट्रिय गिरोहसँग मिलेर सट्टेबाजको धन्दा चलाउँदै आएका व्यक्ति हुन्।


