Breaking News.... EverestOnlineKhabar
June 28, 2026

ब्याजदरमा बैंकहरूको सिण्डिकेट :बचतमा ७ र निक्षेपमा ११ प्रतिशत मात्रै

Loading

काठमाडौं। वाणिज्य बैंकहरूबीचको मुद्दति निक्षेपको ब्याजदरमा भएको ‘भद्र सहमति’ पुनः ब्यूँतिएको छ। नेपाल बैंकर्स संघसँग २८ वटै बैंकका प्रमुख कार्यकारी र प्रतिनिधिहरु सहभागी बैठकले नयाँ ब्याजदर कायम गर्ने सहमति गरेका हुन्।

सहमति अनुसार संस्थागत निक्षेपकर्ताले अब साढे १० प्रतिशत मात्र ब्याज पाउने छन । सर्वसाधारण निक्षेपकर्तालाई भने बढीमा ११ प्रतिशत ब्याज दिइने उनको भनाइ छ। संघले ब्याजदरलाई अझ तल झार्नका लागि बचतको सीमा पनि घटाएको छ।

 निर्णय अनुसार अब बचतमा अधिकतम ७ प्रतिशत मात्र ब्याज दिने सहमति भएको छ। यसअघिको सहमति अनुसार ८ प्रतिशतसम्म बचतमा ब्याज दिन पाइन्थ्यो।

बैंकहरुबीच ब्याजदर बढाएर एकअर्काको निक्षेप तान्ने होड चलेपछि गत पुसको दोस्रो साता बैंकर्स संघले मुद्दति निक्षेपमा ११ प्रतिशतभन्दा बढी ब्याज नदिने सहमति गरेको थियो। त्यसको एक महिनापछि फेरि अर्को सहमति गरी संघले साधारण बचतमा पनि ८ प्रतिशतको सीमा थियो। उक्त सहमति अघिल्लो आइतबार तोडिएसँगै ब्याजदर बढाउन तँछाडमछाड सुरु भएको थियो।

यता नेपाल राष्ट्र बैंकले भने ब्याजदर नियन्त्रणको लागि मौद्रिक नीतिमार्फत नै सम्बोधन गर्ने तयारी थालेको बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.