![]()
बेइजिङ,असार ।
चीनको भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज बिहान चीनको स्वशासित क्षेत्र ल्हासा प्रस्थान गर्दै छन् । राजधानी बेइजिङमा महत्वपूर्ण राजनीतिक भेटवार्तापश्चात् प्रधानमन्त्री ओली आज ल्हासा जान लागेका हुन्। ल्हासामा उनले नेपाली समुदायसँग अन्तरक्रिया गर्ने, पोताला दरबार र जोखाङ मन्दिर अवलोकन गर्ने, कृषि परियोजना निरीक्षण गर्ने लगायत कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
बिहीबार ग्रेट हल अफ द पिपुल्समा चिनियाँ समकक्षी लि खछ्याङसँग प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता सम्पन्न भएको थियो। भेटवार्तापछि प्रधानमन्त्री ओलाीको सम्मानमा खछ्याङले वेष्ट हलमा रात्रिभोजको आयोजना गरेका थिए। सो अवसरमा नेपाली प्रतिनिधिमण्डलका सदस्यको पनि सहभागिता रहेको थियो।


