Breaking News.... EverestOnlineKhabar
June 28, 2026

बिश्व कम्युनिष्ट आन्दोलनलाई आत्मसाथ गर्छौं : प्रधानमन्त्री

Loading

एजेन्सी । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको कम्युनिष्ट आन्दोलनको एकता र सफलताले विश्व कम्युनिष्ट आन्दोलनलाई आत्मसात् गर्ने बताउनु भएको छ । चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय पार्टी स्कुलद्वार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपालको कम्युनिष्ट आन्दोलनको उतारचढाव र वर्तमानको शक्तिशाली सत्तारुढ पार्टीको लक्ष्य बिश्व कम्युनिष्ट आन्दोलनकै लक्ष्य भएको स्पष्ट पार्नुभएको हो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘हाम्रो अहिलेको मुख्य प्राथमिकता राजनीतिक उपलब्धिलाई संस्थागत गर्दै आर्थिक समृद्धि हासिल गर्नु हो । हाम्रो नीति र कार्यक्रमको लक्ष्य समाजवादको जग खडा गर्नु हो। हामीले शान्तिपूर्ण माध्यम र लोकतान्त्रिक प्रतिस्पर्धाद्वारा जनताको सरकार स्थापित गर्ने सोच राखेका छौँ । ’

उहाँले अन्तर्रा्ष्ट्रिय कम्युनिष्ट आन्दोलन अस्तित्व रक्षाको अवस्थामा पुग्दा नेपालमा जनताको बहुदलीय जनवादको सिद्धान्तका आधारमा पार्टीलाई लोकप्रिय बनाउन सकिएको स्मरण गर्नुभयो ।

माक्र्सवाद, लेनिनवादको मार्गदर्शक सिद्धान्तका आधारमा बहुदलीय प्रतिस्पर्धा, लोकतान्त्रिक मूल्यमान्यता, आर्थिक, सामाजिक रुपान्तरण, राष्ट्रिय अर्थतन्त्रको सबलीकरण, समाजवादी दिशानिर्देश, आम सहभागिता र शान्तिपूर्ण लोकतान्त्रिक माध्यमको नीतिगत विशेषतासहित नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको उहाँले प्रष्ट पार्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.