![]()
एजेन्सी । बलिउड अभिनेत्री प्रियंका चोपडाको संस्मरण सार्वजनिक हुँदैछ । आउँदो बर्ष सार्वजनिक हुने पुस्तकमा अहिलेसम्म सार्वजनिक नभएका कुरा प्रियंकाले खुलाउने छिन ।
‘म अन्तरमुखी स्वाभावको व्यक्ति हुँ । पिटिआइको एक रिपोर्टका अनुसार म आफ्नो यात्राको क्रममा कुनै बेला पनि आफ्नो भावनाको बारेमा कुरा नै गरिन, तर अब म यसको लागि तयार छु ।’ ३५ वर्षकी स्टार अभिनेत्रीले आफ्नो किताबको नाम ‘अनफिनिश्ड’ को बारेमा केही कुरा पनि गरेकी छन् । ‘पुस्तकको स्वाद इमान्दारिता, उत्साह, व्यंग्य, निडर, निर्धक्क र बिद्रोही हुनेछ, ठ्याक्कै म जस्तै ।’
‘मेरो कथाले मानिसलाई प्रेरणा दिन्छ भन्ने मलाई आशा छ, अझ धेरै महिलालाई । महिलाका लागि जुन जुन अवरोध छन, त्यो तोड्न चाहन्छु । समाजमा महिलाका लागि बनाइएका धेरै नियमहरु छन्, जसको कारणले महिलाले आफ्नो इच्छा खुम्च्याउनु पर्छ । म उनीहरुलाई भन्न चाहन्छु की यो सबै सम्भव छ ।’ अभिनेत्री जन्म जमशेधपुरमा भएको थियो, अहिले उनी न्यूयोर्कमा बस्छिन् ।
पुस्तक अमेरीकाको बालनटाइन बुक्सले प्रकाशन गर्ने छ भने बेलायतमा माइकल जोसेफले प्रकाशन गर्नेछ । असीमित अभिनेता, निर्माता, कार्यकर्ता र यूनिसेफको दूतसँगको निजी सम्बन्ध, कहानी र टिप्पणीको यो संग्रह भएको भारतको प्रकाशक पेनगुइर्न याण्डम हाउस इन्डियाले घोषणा गरेको छ ।
प्रियंकाले सन् २००८ मा सर्वश्रेष्ठ अभिनेत्रीको रुपमा राष्ट्रिय चलचित्र अवार्ड जितेकी थिइन् । उनले टेलिभिजन एबिसी च्यानलको ‘क्वान्टिको’ मा एलेक्स पेरिशको भूमिकामा तेस्रो सिजनसम्म काम गरेर प्रशंसा बटुलेकी छन् ।


