![]()
एजेन्सी । रसियामा जारी विश्वकपअन्तर्गत बिहीबार समूह ‘डि’ को अर्जे्न्टिना र क्रोएसियाबीच प्रतिस्पर्धा हुँदैछ । नेपाली समयअनुसार ११ बजेर ४५ मिनेटमा खेल सुरु हुनेछ ।
समूह चरणको पहिलो खेलमा अर्जे्न्टिनाले आइसल्याण्डसँग बराबरी खेल्दै अंक बाँडेको थियो । क्रोएसियाले भने नाइजेरियालाई २—० गोलले पराजित गरेको थियो ।
नकआउट चरणमा पुग्ने सम्भावनालाई कायमै राख्न अर्जे्न्टिनालाई जित्नैपर्ने दबाब छ । त्यसो त, विश्वचर्चित खेलाडीले भरिभराउ भएको अर्जे्न्टिना बलियो टिम हो । अर्जे्न्टिनाका कप्तान लियोनल मेस्सी आइसल्याण्डविरुद्धको पेनाल्टीमा चुकेका थिए ।
कप्तान मेस्सीलाई रोक्न क्रोएसियाका खेलाडीलाई निकै मुस्किल हुने छ । मेस्सीलाई पनि पहिलो खेलमा छोडेको नराम्रो छाप मेटनुपर्ने दबाब छ ।


