![]()
हेटौडा,असार ।
नेपाली कांग्रेसको जिल्ला सभापतिहरुको भेलामा आज देखि बन्दसत्र सुरु सुरु भएको छ । हेटौँडास्थित पल्पसा हलमा मंगलबारदेखि सुरू भएको भेलाको बन्दसत्र बिहान ९ बजेबाट सुरु हुने भनिएपनि केहि बेर ढिलो गरी सुरु भएको छ ।
विधान संशोधनका लागि राय सुझाव संकलनका लागि डाकिएको राष्ट्रिय भेलामा ७७ जिल्लाका सभापतिहरूले आफ्ना धारणा राख्नेछन्। संघीय संरचना अनुसारको पार्टी विधान बनाउनका लागि सभापतिहरुको राय संकलन गरिने छ। भेलाबाट पारित निर्णयलाई भदौमा हुने महासमिति बैठकले अनुमोदन गर्नेछ। संघीयतापछि कांग्रेसको संगठन सोही अनुरूप गठन हुन विधानले रोकेको छ।
बन्द सत्रमा संस्थापन पक्ष ७ प्रदेशबाट प्रतिनिधिमुलुक धारणाको लागि समय दिएर भेला छोट्याउने पक्षमा छ भने संस्थापन इतर समूह सबै जिल्लाका पार्टी सभापतिहरूले बोल्न पाउनुपर्ने माग गरिरहेका छन्। स्थानीय तहको अवस्था जिल्ला सभापतिहरूले राख्न नपाए भेलाको औचित्य नहुने केहि जिल्ला सभापतिहरुले अडान लिएका छन् ।


