Breaking News.... EverestOnlineKhabar
August 19, 2026

भाजपाले समर्थन फिर्ता लिएपछि कश्मीरमा महबूबाको सरकार ढल्यो

Loading

बीबीसी । भारत प्रशासित जम्मू–कश्मीरमा महबूबा मुफ्तीको सरकार ढलेको छ। भारतीय जनता पार्टीले समर्थन फिर्ता लिएपछि मंगलबार मुख्यमन्त्री मुफ्तीले राज्यपाल एनएन वोहरालाई राजीनामा पत्र बुझाएकी छिन्। उनीसँगै भाजपाका मन्त्रीहरुले पनि राजीनामा बुझाएका छन्।

भाजपाका केन्द्रीय अध्यक्ष अमित शाहले विहान दिल्लीमा राज्यका सबै ठूलो नेता बोलाएर बैठक गरेपछि समर्थन फिर्ता लिने निर्णय गरेका थिए। साथै भाजपाले कश्मीरमा राज्यपाल शासन लागु गर्न माग गरेको छ।

भाजपाका महासचिव राम माधवले शान्ति र विकासको जनादेशसहित कश्मीरमा गठबन्धन गरेको र वितेको ३ वर्षमा यसमा उल्लेख्य प्रगति नभएपछि समर्थन फिर्ता लिइएको जानकारी दिए।

यता विकसित पछिल्लो घटनाक्रमकाबीच मुफ्तीको पार्टी पिडीपीले बैठक बोलाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.