Breaking News.... EverestOnlineKhabar
October 6, 2026

Loading

एजेन्सी । सुपरस्टार सलमान खान अभिनीत फिल्म ‘रेस ३’ फेसबुकमा लिक भएको छ।  एक्सनले भरपूर मल्टिस्टारर फिल्मको डबिङ प्रिन्टलाई फेसबुकका कैयौं प्रयोगकर्ताले अपलोड गरिदिएका छन्। फिल्मलाई कैयौं ग्रुप र अन्य प्रयोगकर्ताले सेयर गरेका छन्।

भारतीय बक्सअफिसमा राम्रो कमाइ गरिरहेको ‘रेस ३’ ले दुई दिनमै ६७ करोड भारु बटुलिसकेको छ। यही बीचमा सोसल मिडियामा फिल्म लिक भएपछि यसले फिल्मको व्यापारमा केही असर गर्ने देखिएको छ।

फिल्मले रिलिजको दिन २९.१७ करोड कमाएको थियो भने दोस्रो दिन ३८.१४ करोड भारु कमाएको थियो ।तीन दिनमै फिल्मले एक सय करोड पार गर्ने आकलन गरिएको छ।

सलमानको यो फिल्मबारे मिश्रित प्रतिक्रिया आइरहेको छ। उनका फ्यानहरुका लागि फिल्म ब्लकबस्टर भए पनि अन्यलाई निराश पारेको छ।  ‘रेस ३’ मा सलमानका साथै ज्याकलिन फर्नान्डिज, अनिल कपुर, बबी देओल, डेजी शाह र साकिब सलिमको मुख्य अभिनय छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed