Breaking News.... EverestOnlineKhabar
August 19, 2026

प्रधानमन्त्री ओली राष्ट्रिय ध्वजाबाहकको सट्टा नीजि बिमान चढेर मंगलबार चीन जाँदै

Loading

काठमाडौँ ।प्रधानमन्त्री केपी ओली मंगलबार ६ दिने भ्रमणको सिलसिलामा चीन जाँदै छन । एक सय भन्दा प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली चीन जान लागेका हुन ।

तर, अचम्म त के छ भने उनले राष्ट्रियध्वजा बाहक नेपाल वायु सेवा निगमलाई बेवास्ता गरी हिमालय एयरलायन्सको बिमान प्रयोग गर्दैछन । राष्ट्रिय ध्वजाबाहक बिमानमा जाँदा चीनमा कर शुल्क नलाग्ने तर नीजिलाई अतिरिक्त शुल्क लाग्ने गर्दछ । यसका बावजुद प्रधानमन्त्री ओली यसपटक पनि आफनो भ्रमणमा नीजि बिमान प्रयोग गर्दैछन । पहिलो पटक प्रधानमन्त्री हुँदा पनि उनले हिमालयन एयरलायन्सको बिमान प्रयोग गरेका थिए ।

प्रधानमन्त्री ओली आफू निकटको व्यवसायीको लगानी रहेको हिमालय एयरलाइन्समार्फत चीन भ्रमण गर्दैछन्। ओलीले एनएसीको जहाज प्रयोग गरेको भए उडान अनुमतिका लागि चीनलार्इ दबाब पर्थ्यो। सबैले एनएसीको जहाजमा जान सुझाव दिएपनि उनको आकर्र्षण भने नीजि बिमानबाट हटन सकेन ।

हिमालयमा नेपालीका तर्फबाट आङछिरिङ शेर्पाको लगानी छ। शेर्पा यति एयरलाइन्सका समेत सञ्चालक हुन्। हिमालयमा तिब्बेतियन एयरको ४९ प्रतिशत लगानी छ। जुन देशको क्यारिअर हो त्यो मुलुकको कम्पनीको शेयर ५१ प्रतिशत भन्दा बढी रहनुपर्ने प्रावधान छ।

यही प्रावधानका कारण शेर्पाका नाममा कागजी रूपमा ५१ प्रतिशत शेयर छ। तर वास्तविक रूपमा शेर्पाको २५ प्रतिशत मात्रै शेयर रहेको बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.