Breaking News.... EverestOnlineKhabar
August 18, 2026

Loading

एजेन्सी ।इङ्ल्यान्डलाई विश्वकपमा सधैँ अभागी टोलीको रूपमा हेरिन्छ । सन् २०१० जुन २३ मा स्लोभेनियामाथि २–१ को जित हात पारेपछि विश्वकपका ४ खेलमा इङ्ल्यान्ड जितविहीन बन्दै आएको छ र यस क्रममा आठ वर्ष बितिसकेको छ।

सोमबार समूह ‘एफ’ मा ट्युनिसियाविरुद्धको खेलसँगै रूस विश्वकप यात्रा सुरु गर्दा इङ्ल्यान्ड सुखद नतिजाका साथ आठवर्षे जितविहीन यात्रामा पूर्णविराम लगाउने उद्देश्यमा छ । गारेथ साउथगेटको इङ्ल्यान्डले अभ्यास खेलमा उत्कृष्ट नतिजा हात पार्दै आफू लयमा रहेको प्रस्ट पारिसकेको छ।

सन् २०१६ मा प्रशिक्षकको जिम्मेवारी सम्हालेका साउथगेटले इङ्ल्यान्डलाई पुनः एक पटक बलियो टोलीको छवि दिन सफल भएका छन् । दुईवर्षे कार्यकालमा सुखद नतिजा दिलाउँदै साउथगेट समर्थकको प्रिय बन्न भ्याइसकेका छन् । त्यसैले ठूला प्रतियोगितामा अभागी टिमका रूपमा रहँदै आएको भाग्य यसपालि परिवर्तन हुनेमा उनी आशावादी छन्।

उत्कृष्ट टोली हुँदाहुँदै पनि अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा लयअनुरूपको प्रदर्शन गर्न नसक्दा इङ्ल्यान्ड सधँै आलोचित बन्दै आएको छ । सन् २०१० को विश्वकपमा सहभागी टोलीलाई इङ्ल्यान्ड फुटबल इतिहासकै सुनौलो पुस्ताका रूपमा लिइन्छ । टोलीमा स्टेफन जेरार्ड र वायन रुनीजस्ता स्टार खेलाडी थिए । उक्त विश्वकपको अन्तिम १६ मा जर्मनीलाई नतिजा सुम्पिएको इङ्ल्यान्डले त्यसपछिका ठूला प्रतियोगितामा भने सोचेअनुरूप नतिजा ल्याउन सकेको छैन।

सन् २०१२ को युरोपियन च्याम्पियनसिपको क्वार्टरफाइनलमा इटालीलाई पेनाल्टी सुटआउटमा नतिजा सुम्पिएको इङ्ल्यान्डले सन् २०१४ को ब्राजिल विश्वकपमा एउटा पनि जित हात पार्न सकेन ।  सन् २०१६ को युरोपिनयन च्याम्पियनसिपको अन्तिम १६ मा प्रतियोगिताको नवप्रवेशी आइसल्यान्डसँग २–१ को हार इङ्ल्यान्डका लागि थप पीडादायी बन्यो।

प्रतियोगिताकै तेस्रो युवा टोलीका रूपमा रूस भ्रमणमा निस्किएको साउथगेटको टोलीमा इङ्लिस प्रिमियर लिगकै चर्चित अनुहार ह्यारी केन, मार्कुस रसफोर्ड, डेले अली, जेमी भार्डे, जेसी लिंगार्ड, रहिम स्टर्लिङजस्ता उत्कृष्ट खेलाडी समावेश छन् । जो ट्युनिसयाको रक्षापंक्तिलाई दबाबमा राख्न सक्षम छन्।

सोमबार ट्युनिसिाविरुद्ध मैदान उत्रँदा साउथगेटसँग अग्रपंक्तिमा धेरै विकल्पहरू हुनेछन् ।

इङ्ल्यान्डको टिम :
गोलकिपर :
 ज्याक बटल्यान्ड (स्टोक), जोर्डन पिकफर्ड (एभर्टन), निक पोपे (बर्नली)

रक्षक : ट्रेन्ट एलेक्जेन्डर आर्नोल्ड (लिभरपुल), ग्यारी काहिल (चेल्सी), फाबियन डेल्फ (म्यानचेस्टर सिटी), फिल जोन्स (म्यानचेस्टर युनाइटेड), ह्यारी मागुइरी (लेस्टर), ड्यानी रोज (टोटेनह्याम), जोन स्टोन्स (म्यानचेस्टर सिटी), किरन ट्रिपियार (टोटेनह्याम), काइल वाल्कर (म्यानचेस्टर सिटी), एस्ले योङ (म्यानचेस्टर युनाइटेड)

मिडफिल्डर : डेले अली (टोटेनह्याम), इरिक डायर (टोटेनह्याम), जोर्डन हेन्डरसन (लिभरपुल), जेसे लिंगार्ड (म्यानचेस्टर युनाइटेड), रुबेन लफ्टस चेक (क्रिस्टल प्यालेस)

फरवार्ड : ह्यारी केन (टोटेनह्याम), मार्कुस रसफोर्ड (म्यानचेस्टर युनाइटेड), रहिम स्टर्लिङ (म्यानचेस्टर सिटी), जिमी भार्डे (लेस्टर), ड्यानी वेल्बेक (आर्सनल)

ट्युनिसियाको टिम :
गोलकिपर : फारुक बेन मुस्तफा (अल सबाब), मोइज हसन (चाटेउरोक्स), अ‍ैमेन माथलुथी (अल बाटिन)

रक्षक : रामी बेडुई (इटोइल डु साहेल), योहान बेनालोउने (लेस्टर), स्याम बेन युसुफल (कासिम्पासा), डिलान ब्रुन (जेन्ट), औसामा हाडाडी (डिजोन),अली मालोल (अल आहली), यासिन मेरिया (सिएस स्फाक्सिन), हाम्डी नागुइज (जामालेक)

मिडफिल्डर : मोहम्मद एमिन बेन एमोर (अल आहली), गाइलेन चालाली (इस्पेरान्स), अहमद खलिल (क्लब अफ्रिकन), शेफ इडिन खाउई (ट्रोयेस), फेर्जानी सासी (अल नासर), इलियेस स्क्रिरी (मोन्टपिलर)

फरवार्ड : एनिक बड्री (इस्पेरान्स), फाख्रेदिन बेन योसुफ (अल इत्तिफाक), साबेर खालिफा (क्लब अफ्रिकन), वाहबी खाजरी (रेनेस), नलिम स्लिटी (डिजोन), बसिम स्रार्फी (निस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.