Breaking News.... EverestOnlineKhabar
July 9, 2026

सरकारले माफी माग्दै मूल्यबृद्धि फिर्ता नगरे नेबिसंघले सिंहदरवार घेर्ने, अषाढ ३ गते चक्काजाम

Loading

काठमाडौं । मूल्यबृद्धिबिरुद्ध संघर्ष गर्दै आएको नेपाल बिद्यँर्थी संघले अषाढ ३ गते जक्काजाम गर्नुकासाथ सिंहदरवार घेर्ने चेतावनी दिएको छ । काठमाडौंको प्रदर्शनी मार्गमा सम्पन्न उपत्यकास्तरीय भेलामा बोल्दै संघका अध्यक्ष नैन सिंह महरले केपी ओली सरकारको जनबिरोधी क्रियाकलापका बिरुद्ध लाखौं बिद्यार्थी सडकमा आएको र यति गर्दा पनि कम्युनिष्ट सरकार सचेत नभएकाले अब आन्दोलन चर्काउनुको विकल्प नभएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘ अब सम्पूर्ण जनताको साथ लिएर सर्वसत्तावादी चरित्र नियन्त्रण गर्ने गरी भीमकाय आन्दोलनको वेग अघि बढ्छ ।’

प्रधानमन्त्रीको पुतला दहन कार्यक्रममा प्रहरी प्रशासनले सुर्खेत, रामेछाप लगायत देशभर बिद्यार्थीमाथि गरेको दमन र धरपकडप्रति अध्यक्ष महरले आपत्ती जनाउनुभयो । सरकारले दमनकारी नीतिको बिरोध गर्दै अध्यक्ष महरले नेबिसंघप्रति पूर्वाग्रह राखी धरपकड र आक्रमणमा उत्रिने प्रहरी अधिकारीमाथि बिभागिय कारवाही गर्न माग गर्नुभयो ।

कम्युनिष्ट सरकारको निर्देशनमा शान्तिपूर्ण आन्दोलनमा लाठी बर्षाउने, पार्टी कार्यालय प्रवेश गर्ने स्थानीय प्रशासनको निर्देशन निन्दनिय भएको र यी सबै कार्य तुरुन्तै रोकेर सरकारले माफी माग्नुपर्ने नेबिसंघको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.