Breaking News.... EverestOnlineKhabar
August 20, 2026

बजेटको बिरोध गरेको भन्दै आफना सांसदप्रति ओली र प्रचण्ड क्रुद्ध, बजेटको समर्थनमा बोल्न निर्देशन

Loading

काठमाडौं । प्रतिनिधिसभा बैठकमा नेकपाका सांसदहरुले बजेटको चर्को बिरोध गर्न थालेपछि अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल आफना सांसदहरुप्रति आक्रोशित भएका छन ।

नेकपाको संसदीय दलको प्रधाननमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री एवम पार्टी अध्यक्ष केपी ओली र दाहालले सरकारले ल्याएको बजेटका बारेमा जथाभावी अभिव्यक्ति नदिन सांसदहरुलाई कडा निर्देशन दिएका हुन ।

सरकारी ढुकुटी बलियो नभएको अवस्थामा बजेट ल्याइएकाले त्यसको मर्मलाई बुझेर प्रस्तुत हुन उनीहरुले सांंसदहरुलाई निर्देशन दिएको बैठकमा सहभागी एक सासदले बताए ।

बैठकमा प्रधानमन्त्री ओलीले भने, “तपाईहरुका असन्तुष्टि र भनाइ जायज हुन सक्छन, मेरै निर्वाचन क्षेत्रमा पनि के के प¥यो, परेन मैले सोचेजस्तो नभएको हुनसक्छ । अघिल्लो सरकारले अर्थतन्त्रलाई असन्तुलित बनाई दायित्व छाडेर गएकाले हामीलाई समस्या परेको हो । हामी यसलाई सही बाटोमा ल्याउने प्रयासमा छौँ ।”

ओलीले संघीय संसदको मर्यादा, सत्तापक्ष र प्रतिपक्षी दलको मुल्य र मान्यतामा कायम रहदै सरकारले ल्याएको बजेटको बचाउमा आफ्ना अभिव्यक्ति केन्द्रीत गर्न आफ्ना सांसदलाई निर्देशन दिए ।

आगामी आर्थिक बर्षका लागि विनियोजित बजेट माथि संघीय संसदमा सत्तारुढ दलकै सांसदहरुले सरकारका मन्त्रीहरुको चर्को आलोचना गरेपछि नेकपाले त्यसबारे छलफल गर्ने बैठक बोलाएको थियो ।

बैठकमा नेकपाका अध्यक्ष पुष्पकमल दाहालले पश्चिम सेतीका बारेमा मिडियामा आएका विषयमा यथार्थ नरहेको भन्दै सांसदहरुलाई आश्वस्त तुल्याउने प्रयास गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.