Breaking News.... EverestOnlineKhabar
July 8, 2026

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको जहाज छोडेर प्रधानमन्त्री ओली हिमायल एयरलाइन्सको जहाज चार्टर गरी चीन जाँदै

Loading

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय ध्वजाबाहक वायु सेवा निगमको जहाजलाई बेवास्ता गरी हिमालय एयरलाइन्सको जहाज चार्टर गरेर चीन भ्रमणमा जाने तयारी हुनुहुन्छ । यसअघि पहिलो पटक प्रधानमन्त्री हुँदा पनि ओली हिमालय एयरलाइन्सको परीक्षण उडानमा चीन भ्रमणमा जानु भएको थियो ।

जहाज चार्टर गरेर जाँदा कति खर्च लाग्छ भन्ने खुलाइएको छैन। हिमालय एयरलाइन्सको जहाज लिएर जाँदा चीनमा पार्किङ, ल्यान्डिङ र नेभिगेसन शुल्क तिर्नुपर्छ। नेपाल वायू सेवा निगमको जहाज लिए भने यस्तो शुल्क तिर्नु पर्दैन।

हिमालय एयरलाइन्समा तिब्बत एयरलाइन्सको ४९ प्रतिशत सेयर छ भने बाँकी नेपाली व्यवसायी आङछिरिङ शेर्पाको लगानी गरेका छन्।
एयरबस ३२० सिरिजका तीन जहाज भएको हिमालय एयरलाइन्सले क्वालाम्पुर, दोहा, दुबई, साउदी अरेबियामा उडान गर्दै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.