Breaking News.... EverestOnlineKhabar
August 17, 2026

पुलिसलाई हराउँदै एपिएफ प्रधानमन्त्री कप क्रिकेटको फाइनलमा

Loading

काठमाडौं । काठमाडौंमा जारी प्रधानमन्त्री कप क्रिकेट अन्तर्गत दोस्रो सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई हराउँदै एपिएफ फाइनलमा पुगेको छ ।

कीर्तिपुर क्रिकेट मैदानमा सम्पन्न खेलमा एपिएफले पुलिसलाई डकवर्थ लेविस नियम अनुसार ९ रनले हराएको हो । टस जितेर पहिले ब्याटिङ गरेको एपिएफले निर्धारित ५० ओभरको खेलमा ४८ दशमलव ५ ओभरमा अलआउ हुँदै २०८ रन बनाएको थियो ।

२०९ रनको लक्ष्यसहित मैदान उत्रिएको पुलिसले ब्याटिङ गरिरहेकाबेला बर्षा भएपछि खेल रोकिएको थियो । बर्षाले खेल प्रभावित भएपछि पुलिसलाई २८ ओभरमा १४१ रनको नयाँ लक्ष्य प्रदान गरिएको थियो । पुलिस नयाँ लक्ष्य प्राप्त गर्न असफल भयो । पुलिसका खेलाडीले निर्धाििरत ओभरमा ९ विकेट गुमाउँदै १२८ रन मात्र बनाउन सके ।

९ रनको जितसंगै एपिएफ फाइनलमा पुगेको छ भने उसले उपाधिका लागि नेपाल आर्मीको सामना गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.