![]()
काठमाडौ,जेठ ।
नेपाल कम्युनिष्ट पार्टी (ने क पा) को भातृ संगठन युवा संघ नेपाल प्रदेश नं. १ को दोस्रो पूर्ण बैठकले‘प्रधानमन्त्रीदेखि नागरिकसम्म दुईदिन खेतमा’ कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ। प्रदेश नं. १ मोरङको गोठगाउँमा भएको कार्यक्रममा आगामी असार १४ र १५ गते प्रधानमन्त्री, मन्त्री, नेता, कार्यकर्ता तथा सर्वसाधारणलाई खेतमा अनिवार्य लाने निर्णय गरेको हो । पार्टी एकतालाई स्वागत गर्दै पार्टीको नीति र निर्देशन अनुसार युवा संघ नेपाल र वाइसिएल नेपालको एकिकरण योग्यता, क्षमता, लगनशिलतालाई आत्मासाथ गर्दै गर्नुपर्ने, प्रदेशका १४ वटै जिल्लाको तथ्याङ्क संकलन, आत्मानिर्भरका कार्यक्रम सञ्चालन गर्ने, हरेक युवालाई उत्पादनमा जोड्दै समृद्धिको अभियानलाई व्यापक बनाउने निर्णय गरेको छ । नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य भिम आचार्यको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा संघका पूर्व नेताहरुलाई सम्मान समेत गरेको छ । संघका केन्द्रीय अध्यक्ष रमेश पौडेलले अवका दिनमा समृद्ध नेपाल सुखी नेपालीको अभियानको नेतृत्व युवाले गर्ने दावी गरे । संघका प्रदेश नं. एकका प्रमुख पर्शुराम बस्नेतको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पार्टी नेताहरु भानुभक्त ढकाल, निरुदेवी पाल, आनन्द पोख्रेल,बिनोद ढकाल युवा संघ नेपालका केन्द्रिय अध्यक्ष रमेश पौडेल, बरिस्ठ उपाध्यक्ष किरण पौडेल, उपाध्यक्ष प्रभात कटुवाल,महासचिव नरेश शाही सचिबहरु बचन बहादुर सिंह,क्षितिज थेबे,राजु कार्की,अन्जना अधिकारी,कोषाध्यक्ष अमृत लामा, स्थायी कमिटी सदस्य रोशन वस्नेत,मुना शर्मा, प्रदेश नं. १ मा रहेको केन्द्रिय सचिबालय सदस्य,केन्द्रीय सदस्य,जिल्ला अध्यक्ष लगायत ३०० अगुवा नेताहरुको सहभागिता रहेको संघका केन्द्रिय सदस्य निरोज पौडेलले जानकारी दिए ।


