Breaking News.... EverestOnlineKhabar
August 17, 2026

प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको अभ्यासमा गए दुर्घटना हुने चेतावनी

Loading

काठमाडौं । सत्तारुढ र प्रतिपक्षी दलका नेताहरुले संसद नियमावली संविधान र जनताको भावनाअनुरुप नै भएको जिकिर गरेका छन् ।

 काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का नेता एंव सांसद देवेन्द्र पौडेलले सहमतिमा नियमावली पारित हुनु सकारात्मक भएको भन्दै अन्तरवस्तु र भित्री कुरा नबुझी नियमावलीप्रति विरोध गरिएको टिप्पणी गरे ।

एक अर्को प्रसंगमा नेता पौडेलले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीमा जानेबारेमा छलफल सुरुमात्रै भएकाले आत्तिनु नपर्ने धारणा राखे ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता एवं सांसद दिलेन्द्रप्रसाद बडूले संविधानभन्दा कोही पनि माथि हुन नसक्ने भन्दै संविधानको धारा १०४ को व्यवस्थाअनुसार नै नियमावली बनेको बताए । नेता बडूले संविधान बनेको तीन वर्ष नबित्दै शासकीयस्वरुप परिवर्तनको प्रयास गरे ठूलो राजनीतिक दुर्घटना निम्तिने चेतावनी  दिए ।

यस्तै, राष्ट्रिय जनता पार्टी नेपालका नेता एवं सांसद लक्ष्मणलाल कर्णले जनभावनाअनुसार सबै दलको सहमतिमा नै संसद नियमावली आएको बताए । उनले नेकपाका अध्यक्ष पुष्पकमल दाहालले शासकीयस्वरुपबारे आफ्नो विचार राख्नु अनुचित नभएपनि वर्तमान शासकीयस्वरुप परिवर्तन गर्न खोजे ठूलो राजनीतिक दुर्घटना निम्तिने चेतावनी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.