Breaking News.... EverestOnlineKhabar
August 17, 2026

Loading

एजेन्सी  । सचिन तेन्दुलकरका छोरा अर्जुन तेन्दुलकर भारतीय यु १९ टिममा परेका छन्। आगामी महिना श्रीलंकामा हुने प्रतियोगिता खेल्ने टिममा अर्जुन परेका हुन्।

श्रीलंकामा भारतीय यु १९ ले दुई चार एकदिवसीय र पाँच वान डे खेल्नेछ। १८ वर्षीय युवा अल राउन्डर अर्जुनलाई भारतीय क्रिकेट बोर्डले श्रीलंका भ्रमणका लागि चार एकदिवसीयमा चयन गरेको हो।

यसअघि जोनल क्रिकेट एकेडेमी र ऊनामा खेलेको प्रतियोगितामा उनी यु १९ का महत्वपूर्ण खेलाडी थिए। अर्जुन ब्याटिङका साथै बायाँ हातबाट तिब्र बलिङ गर्न सक्छन्। यसअघि उनी मुम्बईका लागि यु १४ र यु १६ टिमबाट खेलिसकेका छन्।

सचिन तेन्दुलकरले अर्जुनलाई इङ्ग्ल्याण्डमा समेत बलिङ प्रशिक्षण गराएका थिए। यु १९ छनोट आशीष कपूर, ज्ञानेन्द्र पाण्डे र राकेश पारिख सम्मिलत टिमले गरेको हो।

भारतीय टीम आगामी महिना श्रीलंका भ्रमणमा निस्कनेछ। चार दिवसीय खेलका लागि भारतीय टिमको नेतृत्व दिल्लीका विकेटकीपर ब्याट्मेन अनुज रावतले गर्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.