![]()
एजेन्सी । रियल मेड्रिडका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले आफनो छोरालाई पनि आफू जस्तै फुटबलमा निपूर्ण बनाइरहेको तथ्य उजागर भएको छ ।
पोर्चुगलले अल्जेरियासँग खेलेको मैत्रीपूर्ण खेलपछि रोनाल्डोका छोराले आफना बाउसंगै मैदानमा कौशलता प्रदर्शन गरेका हुन । ७ वर्षीय जुनियरले आफ्नो बाबु जसरी उत्कृष्ट प्रहार गर्दै गोल गरेका थिए।
उनले प्रहार गरेको बल पोष्टको बायाँ कर्नर च्याप्दै जाली चुमेको थियो। त्यतीखेर मैदानमै रहेका बाबुले हाँसो थाम्न सकेनन्। जुनियर रोनाल्डोले आफनो बाउले जस्तै पोष्टमा उडीउडी गोल हान्न सक्ने क्षमता देखाउँदा दर्शकसमेत चकित परेका थिए ।

