Breaking News.... EverestOnlineKhabar
August 17, 2026

देउवाले भने- “दुःख दिन बाहेक कम्युनिष्टलाइ केही आउदैन।”  

Loading

डडेल्धुरा।   नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाले नवगठित नेकपाले जनतालाइ दुःख दिएको आरोप लगाएका छन् ।  कांग्रेस जिल्ला कार्य समिती डडेल्धुराको जिल्ला सम्मेलनमा सहभागि हुन गृह जिल्ला डडेल्धुरा पुगेका  देउवाले कम्युनिष्टको शासनमा जनताले दुःख पाइरहेको बताए ।

देउवाले भने, “दुःख दिन बाहेक कम्युनिष्टलाइ केही आउदैन, जनताले विस्तारै बुझ्छन । आर्थिक बर्ष २०७५/०७६ को बजेटले जनतालाई बोझ थप्ने काम गरेको छ, यो सरकारको काम नेपाली जनतालाई दुःख र बोझ थप्ने त होनी ।”

सरकारका अनैतिक कामकार्वाहीको आफुहरुले कडा विरोध गरिरहेको बताउदै देउवाले कांग्रेस कडा विपक्षिको भुमिका निर्वाह गर्दै अघि बढीरहेको बताए। कांग्रेस भित्रका अन्तर्घातीलाई कार्वाही नभए पार्टी नचल्ने बताउदै सभापति देउवाले अन्तर्घातीलाइ कार्वाही भएरै छाड्ने बताए ।

डडेल्धुरालाई सात नं. प्रदेशको राजधानी बनाईनु पर्ने स्थानीयको माग छ नी भन्ने प्रश्नमा सभापती देउवाले आफुले राजधानी बनाउन नसक्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.