Breaking News.... EverestOnlineKhabar
September 3, 2026

Loading

सुर्खेत,जेठ ।
कर्णाली प्रदेश सरकारले आव २०७५–०७६ को नीति तथा कार्यक्रम जेठ २५ गते अर्थात भोली शुक्रबार प्रदेशसभामा प्रस्तुत गर्ने भएको छ । प्रदेशको सन्तुलित, न्यायोचित र समविकासबाट समृद्धिको यात्रा तय गर्ने उद्देश्य राखेर कर्णाली प्रदेश सरकारले भोलि नीति तथा कार्यक्रम ल्याउन लागेको हो ।

प्रदेश सरकारले राष्ट्रियरुपमा महत्व राख्ने विषयगत विज्ञ, सम्बन्धित क्षेत्रका सरोकारवाला, स्थानीय विज्ञसँग छलफल गरी नीति तथा कार्यक्रम तयार गरेको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री एवं प्रदेश सरकारका प्रवक्ता विमला केसीले जानकारी दिए ।
सरकारले ल्याएको नीति तथा कार्यक्रम प्रदेशसभामा प्रदेश प्रमुखले प्रस्तुत गर्ने संवैधानिक व्यवस्थाअनुसार प्रदेश सरकारले प्रदेश प्रमुखलाई पत्राचार गर्ने निर्णय भएको प्रवक्ता केसीले बताए । उनका अनुसार त्यसका लागि प्रदेशसभा सचिवालयलाई जानकारी दिनेसमेत निर्णय भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.