Breaking News.... EverestOnlineKhabar
June 28, 2026

प्रदेश नम्बर २ मा झापड प्रकरणले उग्र रुप लियोःनेकपाभित्र तिव्र विवाद…

Loading

जनकपुरधाम,जेठ ।
प्रदेश २ को नेकपा संसदीय दलको कार्यालयमा मंगलबार भएको झापड प्रकरणलाई लिएर पार्टीभित्र विवाद चुलिएको छ । महोत्तरीकी प्रदेशसभा सदस्य मन्जु यादवले धनुषाका प्रदेशसभा सदस्य किशोरी साहलाई एक झापड हानेकी थिइन् । प्रदेशसभा सदस्य किशोरी साहले यादवमाथि कारवाहीको माग गरेका छन् भने मञ्जुले भने दलका नेता सत्यनारायण मण्डलकै उक्साहटमा आफूमाथि दुर्व्यवहार भएपछि प्रतिवाद गरेको दावी गरेकी छन् ।
नेकपाका स्थायी कमिटी सदस्यसमेत रहेका मण्डल र किशोरी साहले आफूलाई अपशब्द प्रयोग गर्दै र्दुव्यवहार गरेको र सहन नसकेपछि प्रतिवाद गरेको सांसद मञ्जुले बताइन् । उनले भनिन्ः‘मलाई गरीब महिला भनेर हेप्ने र सुन्नै नसक्ने अपशब्द प्रयोग गर्ने काम भयो । दलको नेतासँग सवाल जवाफ भइरहेका बेला किशोरी साह आएर तँ बकबक गर्दैछेस्, अब पनि बोलिस् भने २ झापट हान्छु भने । मैले झापड भनेको के हो ? भन्दै एक झापड हानेर देखाएकी हुँ ।’
प्रदेशसभा भवनभित्र रहेको नेकपा संसदीय दलको कार्यालयमै भएको यो घटनापछि मण्डल र साह बाहिरिएका थिए । नीति तथा कार्यक्रममा आफ्ना कुरा समावेश गर्न कम्प्युटर अपरेटरसँग कुरा भइरहेका बेला मण्डल आएर आफूलाई गालीगलौज गरेको उनले बताइन् ।
प्रदेशसभा सदस्य महतोले भने आफूले कुनै अपशब्द नबालेको दाबी गरे । पार्टीका नेता मण्डलमाथि जभाथावी बोलेपछि आफूले‘नेतासंग बोल्ने तरिका यही हो ? मात्र भनेको तर सांसद यादवले हात उठाएको उनले दावी गरे ।
मञ्जुलार्इ कारबाही गर्छौंःमण्डल
यसैबीच,संसदीय दलका नेता सत्यनारायण मण्डलले प्रदेश सांसद मञ्जु यादवको सांसद पद र संगठित सदस्यता खारेजीका लागि माग भइरहेको र केन्द्रमा जानकारी गराउने बताएका छन् । उनले मञ्जु यादवमाथि कारवाही नभए आफूहरु बाहिरिने चेतावनी समेत दिएका छन् ।
प्रदेशसभाका सांसद सत्रुघन महतो र केन्द्रीय सदस्य योगनारायण यादवको उक्साहटमा सो घटना गराएको आरोप मण्डलको छ । महतो र यादव दुवैजना नेकपाका केन्द्रीय सदस्य हुन् । महतो मण्डलसँग तत्कालीन एमालेको संसदीय दलको नेतामा पराजित भएका थिए ।
मण्डलले भनेः‘केही अपराधिक मानसिकताका नेताको उक्साहटमा ती महिलाले पागलपन देखाइन् । महिला भएकाले हामीले केही प्रतिवाद गर्न मिलेन । अहिले त केन्द्रीय कमिटीबाहेक पार्टीमा कुनै निकाय छैन । तर, अब संगठित सदस्यता र समानुपातिक सांसद पद खारेजीको पहल गर्छौं । हाम्रो पहल सफल भएन भने आफैं छाडेर हिड्छौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.