![]()
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीकी सांसद एवम अनेरास्ववियूकी अध्यक्ष नविना लामाले समाजिक संजालमार्फत आफनो चरित्र हत्या भएकोमा आपत्ती प्रकट गरेकीछिन ।

पेट्रोलियम पदार्थको मूल्यबृद्धिका सम्बन्धमा आफूले लेख्दै नलेखेको बिषयलाई उछालेर जिम्मेवार तहबाटै शेयर गर्ने काम भैरहेकोमा उनले आक्रोश व्यक्त गरेकी छन । उनले आफनो नक्कली आइडी बनाएर बदनाम गर्न खोजिएको गुनासो गर्दै आफूलाई नखाएको विष लागेकोमा दुःख प्रकट गरेकी छन । जुन कुरा आफूले लेखेको भनेर प्रचार गरिएको छ त्यस्ता शब्द आफूले कहिल्यै प्रयोग नगर्ने समाजिक संजाल फेसबुकमा स्ट्याटस लेख्दै उनले उल्लेख गरेकी छन ।
लामाले आफूबिरुद्ध षडयन्त्र गर्नेबिरुद्ध कारवाहीमा जाने र अपराधिलाई कठघरमा उभ्याएरै छोडने जनाएकी छन ।


