Breaking News.... EverestOnlineKhabar
September 3, 2026

नेमार र मेस्सीको हरेक गोलमा निःशुल्क खाना बाँडिने

Loading

एजेन्सी  ।वर्ल्ड कप फुटबलमा यसपटक लियोनेल मेस्सी र नेमारले जतिपटक गोल हान्छन्, एक क्रेडिट कार्ड कम्पनी ‘मास्टरकार्ड’ ले त्यति नै पटक खाँचोमा परेका मानिसहरुलाई निःशुल्क खाना खुवाउनेछ ।

योजना अनुसार ब्राजिलका नेमार र अर्जेन्टिनाका मेस्सीको हरेक गोलमा संयुक्त राष्ट्र विश्व खाद्य कार्यक्रममार्फत १० हजार निःशुल्क खाना बाँडिने बताइएको छ । यद्यपी, उक्त योजनामा ब्राजिलका कोच टिटे रुष्ट छन् ।

उनका अनुसार गोल खेलाडीले नभई समूहले गर्छन् । यस्तो प्रकारको आयोजनाले यी दुई खेलाडीमाथि अतिरिक्त दबाब पर्नेछ जुन ठिक होइन । सोसल मिडियामा पनि टिटेले समर्थन पाइरहेका छन् । मास्टरकार्डले उक्त योजनामा फेरबदल गर्न सक्ने अुनमान गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.