Breaking News.... EverestOnlineKhabar
October 3, 2026

नेइमारको उत्कृष्ट पुनरागमनःब्राजिलद्वारा क्रोएसिया पराजित

Loading

एजेन्सी,जेठ ।
विश्वकप फुटबल प्रतियोगिताअघि भएको मैत्रीपूर्ण खेलमा ब्राजिलले क्रोएसियालाई हराएको छ। आइतबार इंग्लिस क्लब लिभरपुलको घरेलु मैदानमा ब्राजिलले क्रोएसियालाई २–० गोलले हराएको हो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६९ मिनेटमा नेइमारले उत्कृष्ट गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए। फ्रेन्च क्लब पिएसजीका २६ वर्षीय फरवार्ड नेइमारले विलियम र काउटिन्होले निकालेको पासमा लोभलाग्दो गोल गरेका थिए।
चोटमुक्त हुँदै मैदान फर्किएपछि नेइमारले पहिलो गोल गरेका हुन्। ब्राजिलका लागि दोस्रो गोल दोस्रो हाफको इन्जुरी टाइमको तेस्रो मिनेटमा फिर्मिनोले गरेका थिए। फिफा विश्वकप २०१८ मा छनोट हुने पहिलो टिम ब्राजिलले अब आगामी आइतबार अस्ट्रियासँग मैत्रीपूर्ण खेल खेल्नेछ। ब्राजिल विश्वकपमा समूह ‘इ’ मा छ। ब्राजिलले पहिलो खेल जुन १७ मा स्विटजरल्यान्डसँग खेल्नेछ।
विश्वकपअघि नेइमारले गोल गरेसँगै ब्राजिलियन टिमको आत्मविश्वास बढेको छ। नेइमार गत फेब्रुअरीमा खुट्टाको शल्यक्रिया गर्नु परेपछि मैदान बाहिर नै थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed