![]()
एजेन्सी,जेठ ।
उत्तर कोरियामा तीनजना उच्चपदस्थ सैनिकलाई हटाइएको छ । नेता किम जोङ उनले देशका तीनजना उच्चपदस्थ सैन्य अधिकारीलाई हालैका महिनामा पदबाट हटाएको बताइएको छ । पदबाट हटाइनेमा रक्षामन्त्री पाक यङ सिक, चिफ अफ जनरल स्टाफ र सेनाको राजनीतिक ब्यूरोका प्रमुख रहेका छन् ।
समाचार संस्था रोयटर्स र अमेरिकी अधिकारीहरूका अनुसार हटाइएका सैन्य अधिकारीहरूको स्थानमा मध्यमार्गी र कान्छा अधिकारीहरूलाई ल्याइएको छ ।
सैन्य अधिकारीहरूलाई हटाइएको बारेका समाचार दक्षिण कोरियाली र जापानी सञ्चारमाध्यममा आएको र नाम खुलाउन नचाहने अमेरिकी अधिकारीहरूले पनि त्यसको पुष्टि गरेका छन् ।


