Breaking News.... EverestOnlineKhabar
October 4, 2026

नोभाक जोकोभिचको फ्रेन्च ओपन टेनिसमा संघर्षपूर्ण जित

Loading

एजेन्सी। पूर्व वल्र्ड नम्बर वान नोभाक जोकोभिचले फ्रेन्च ओपन टेनिसमा संघर्षपूर्ण जित निकाल्दा क्यारोलिन वाज्नेस्कीले समेत महिला एकल तर्फ प्रिक्वाटरफाइनलमा स्थान बनाएकी छन् ।

पुरुष एकल तर्फको खेलमा स्पेनका रोबर्टो बाटिष्टालाई ३–१ को सेटमा पराजित गर्दै सर्वियन जोकोभिचले अन्तिम १६ मा स्थान बनाएका हुन् । २० औं वरियाताका जोकोभिचलाई जित निकाल्न ३ घण्टा ४८ मिनेट संघर्ष गर्न परेको थियो ।

अन्य खेलमा विजयी हुँदै जर्मनी अलेक्जेण्डर भेरभेभ, स्पेनी फर्नाण्डो भरडेस्को, अष्ट्रियाका डोमिनिक थीम, जापानका केई निशिकोरी र इटलीका माक्रो सेच्चिनातोले पनि अन्तिम १६ मा स्थान बनाएका छन् ।

दोस्रो वरियाताकी वाज्नेस्कीले फ्रान्सकी पौलिने परमेन्टरलाई ६–० र ६–३ को सोझो सेटमा पराजित गरिन् । अन्य खेलमा विजयी हुँदै अमेरिकन मेडिसन केइज, रुसकी डारिया कासाट्किना, रोमानियाकी मिहेला बुजानेशु, चेकरिपब्लिककी बार्बोरा स्ट्रिकोभाले पनि प्रिक्वाटरफाइनलमा स्थान बनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed